होली खेल्ने क्रममा झगडा हुदा बारामा एकजनाको मृत्युु

everest kitchen

 

बारा ।बारामा होली खेल्ने क्रममा झगडा हुँदा सोमबार साँझ एक वृद्धाको मृत्यु भएको छ।मृत्यु हुनेमा कलैया उपमहानगरपालिका-२३ भथौडामा होली खेल्ने क्रममा झगडा तथा कुटपिट हुँदा सोही ठाउँकी ६५ वर्षीया सञ्जादेवी रहेका छन् ।

प्रहरीका अनुसार उपचारको क्रममा भवानी अस्पताल वीरगञ्जमा मृत्यु भएको हो । घटनामा अन्य ६ जना घाइते भएका छन्।

झगडा तथा कुटपिटमा संलग्न आरोपमा सोही ठाउँका २३ वर्षीय ओमप्रकाश गुप्तासहित चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।