साहित्यकार ओलीका ‘जितौरी’ र ‘यालमाया’ सार्वजनिक

everest kitchen

काठमाडौँ । कथाकार पूर्ण ओलीका दुई कथा ‘जितौरी’ र ‘यालमाया’ को आज राजधानीमा एकैसाथ विमोचन गरिएको छ । सरकारी सेवामा आबद्ध ओलीले विसं २०७२ मा दुर्घटनामा परी निधन भएका छोरा परिशीलनको जन्मजयन्तीको दिन पारेर आज उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।

पुस्तकलाई पूर्वमन्त्री तथा रुकुम (पशिम)का सांसद तथा माओबादी नेता जनार्दन शर्मा, भूपु राज्यमन्त्री तथा कांग्रेस नेता गोपालजीजङ शाह, भुपू राज्यमन्त्री मिठ्ठू मल्ल, राष्ट्रिय सभाका सभासद ठकेन्द्र पकाश पुरी लगायत रुकुमका राजनीतिज्ञहरुको उपस्थितिमा पुस्तक बिमोचन गरियको हो।

पूर्वगृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरले कथामा रुकुमको स्थानीय ठेट शब्दको प्रयोग गरेर साहित्यमा महत्वपूर्ण योगदान पु¥याएको बताएका थिए ।

साथै, लेखक ओलीले यलमायामा नारीप्रधान कथा समावेश गरिएको जानकारी दिँदै जितौरीमा प्रशासनिक पात्रमार्फत पहिले र अहिलेको राज्य व्यवस्थाको चरित्रमा कुनै परिवर्तन नआएको विषयलाई समेटेको बताए।

यसअघि ओलीले खण्डकाव्य तथा गीति नाटकलगायत अन्य थुप्रै फुटकर कथा÷कविता लेखेका छन ।