शर्माको प्यानलको उम्मेदवारी घोषणा

everest kitchen

काठमाडौँ। नेपाल पत्रकार महासङ्घको आसन्न केन्द्रीय निर्वाचनका लागि प्रेस चौतारी नेपाललगायत नौ वटा पत्रकारका सङ्गठनले आज उम्मेदवार घोषणा गरेका छन् ।

प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, मिडिया नेपाल, जनपत्रकार सङ्गठनलगायत नौ सङ्गठनको प्रगतिशील, समावेशी र राष्ट्रियताप्रति प्रतिबद्ध व्यावसायिक पत्रकारको संयुक्त प्यानलको तर्फबाट आज यहाँ आयोजित कार्यक्रममा पत्रकार निर्मला शर्मा अध्यक्ष रहेको पदाधिकारीतर्फका उम्मेदवारी घोषणा गरेको हो ।

महासङ्घको वरिष्ठ उपाध्यक्षमा माधवप्रसाद नेपाल, महिला उपाध्यक्षमा दाना केसी सुवेदी, समावेशी उपाध्यक्षमा अवधेश झा, महासचिवमा बालकृष्ण बस्नेतले उम्मेदवारी दिएका छन् ।

यस्तै खुला सचिवमा रामकृष्ण ज्ञवाली, महिला सचिवमा निमा काफ्ले, मधेशी सचिवमा स्वेता सिन्हा, आदिवासी जनजाति सचिवमा शाहीमान राई, दलित सचिवमा मधु शाही, एशोसियट सचिवमा रामेश्वर कार्की, कोषाध्यक्षमा कृष्णा गिरी र लेखा समितिको संयोजकमा द्वारिका काफ्लेले उम्मेदवारी दिएका छन् ।