वडा अध्यक्ष सिंग लाल प्रजालाई पित्री शोक

everest kitchen

 

मनहरी । राक्सिराङ गाउँपालिका वडा नं ६ का अध्यक्ष सिंगलाल प्रजाको बुवाको भीरबाट लडेर मृत्यु भएको छ । वडा अध्यक्ष प्रजाका बुवा ७० बर्षीय हेम बहादुर प्रजा घर नजिकै शौचालय जाने क्रममा भीरबाट लडेेेर उनको निधन भएको हो ।

उनी लडेर झन्डै ४ सय मिटर तल पुगेको संबिधान सभा सदस्य गोविन्द राम चेपाङले जानकारी दिए । चेपाङ मृतकका भतिजा हुन । मृतकको शवलाई प्रहरीले मुचुल्का तयार गरेर पोष्टमार्टमका लागि हेटौंडा लगिएको बताएको छ ।

पोष्टमार्टम पश्चात् स्व. हेम बहादुर लाई आफ्नो घरमा नै लागि दहा संस्कार गरिने छ। मृतक हेमबहादुर प्रजा राक्सिराङ स्थित कांकडा सिलिङ्गेको आफ्नै निवासमा बस्दै आएका थिए।