अपरिचितसँग गफ नगर्न नेपाली दूतावास साउदीको आग्रह

everest kitchen

 

काठमाडौं। साउदी अरबस्थित नेपाली राजदूतावासले आफ्ना नागरिकलाई अपरिचित पुरुष र महिलालाई सम्पर्क गरेर अनावश्यक कुरा नगर्न आग्रह गरेको छ। आफ्नो फोन अरुलाई प्रयोग गर्न नदिन पनि अनुरोध गरेको छ।

राजदूतावासले सुचना जारी गर्दै अरुको उक्साहटमा लागेर आफू काम गर्ने कम्पनीको विरुद्धमा नारा विरोध, गोष्ठी नगर्न दूतावासले आग्रह गरेको छ। राजदूतावासले हुन्डीबाट पैसा नपठाउन र बैंकिङ कारोबारबाट मात्र स्वदेशमा पैसा पाउनलाई अनुरोध गरेको छ।

त्यस्तै, साउदीको धर्म, संस्कृति, परम्परा, रीतिरिवाज र राजनीतिक व्यवस्थालाई सम्मान गर्न भनिएको छ।
प्रशस्त पानी पिउन, कोठा बाहिर र भित्रको तापक्रम सन्तुलन गरेर एसी चलाउन सुझाब दिएको छ। बढी तलब पाउने लोभमा करार अवधि समयमा कम्पनी छोडेर नभाग्न समेत अनुरोध गरिएको छ।