खुवालुङ बचाउमा जुटे गायक धिरज राई

everest kitchen

काठमाडौं । गायक तथा बुद्ध अभियान्ता धिरज राईले खुवालुङ ढुङ्गा मात्रै नभई किराँत संस्कृति अनि आस्थाको केन्द्र पनि भएको बताउदै खुवालङ बचाउमा जुटेका छन् ।
“खुवालुङ ढुङ्गा मात्रै होईन , हाम्रो संस्कृति अनि आस्थाको केन्द्र हो” भन्दै खुवालुङ भ्रमण गर्न राईले आग्रह गरेका छन् ।

राईले खुवालुङ बाहिरबाट हेर्दा सामान्य ढुंगा लाग्न सक्छ तर यो सामान्य ढुंगामात्रै नभइ किरातीहरुको तिर्थस्थल , आस्थाको केन्द्र भएको बताएका छन् । राई खुवालुङमा व्यानरसहित पुगेर अभियान थालेका हुन ।

८ फागुनमा प्रधानमन्त्री ओलीले विराटनगरमा आयोजित सभामा खुवालुङ फुटाउने अभिव्यक्ति दिएका थिए । खुवालुङ फुटाउने प्रधानमन्त्रीको अभिव्यक्तिले सम्पूर्ण किराँत समुदाय आक्रोशित भएको छ । यद्यपि प्रदेश दुईका मुख्यमन्त्री शेरधन राईले खुवालुङको भ्रमण गर्दै यसलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने र खुवालुङलाई नफुटाउने बताएका छन् ।

कोशीमा मिसिने अरुण र तमोरको संगमस्थलमा रहेको खुवालुङ (नदिको बीचमा रहेको विशाल ढुङ्गा ) हो जसलाई किराँत संस्कृति र परम्परागत इतिहाससंग जोडिएको मानिदै आएको छ । किराँत समुदायका हरेक घर र चुल्होसँग जोडिएको खुवालुङलाई ढुंगाको रुपमा मात्र नहेरी पर्यटन क्षेत्रको रुपमा बिकास गर्नुपर्ने जोड किराँत समुदायहरुको रहेको छ ।

भगवान गौतम बुद्ध नेपालमा जन्मिएको प्रशस्त प्रमाण र सत्य आधार हुदाहुदै विश्वमा कतिपय स्थान र परीवेशमा बुद्ध जन्म स्थान बारे भ्रम रहेकोले उक्त भ्रम चिर्न र बुद्ध बारे विश्व अभियानमा रहेका गायक राई नेपालको बिबिधता युक्त हरेक संस्कृतिको पहिचान र संरक्षणको पक्षमा देखिन्छन् ।