एमाले-माओबादी ब्युँताउने फैसलामा पुनरावलोकन गर्न सर्वोच्चको अस्विकार

everest kitchen

 

काठमाडौं। सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता बदर गर्ने यसअघिको आदेशमा पुनरावलोकन नगर्ने भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार सर्वोच्च अदालतमा दिएको पुनरावलोकन सम्बन्धी मुद्दामा पुनरावलोकन नहुने आदेश दिइएको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशद्धय तेजवहादुर केसी र प्रकाश ढुंगाना पूर्ण इजलासले बिहिबार पुनरावलोकन नगर्ने आदेश दिएको हो ।

नेकपा आफ्नो पार्टीको नाम भएको भन्दै ऋषिराम कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २३ गते एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई एकीकरण पूर्वको अवस्थामा फर्काइदिने फैसला गरेको थियो