प्रियंका कार्की आमा बन्ने

everest kitchen


अभिनेता प्रियंका कार्की आमा बन्ने भएकी छन्। अब प्रियंकाले खुलस्त रूपमा आफू गर्भवती भएको स्वीकारेकी छन्।

प्रियंकाले शुक्रबार साँझ आफ्नो फेसबुक र इन्स्टाग्राममार्फत् आफू गर्भवती भएको खुलाएकी हुन्।
फेसबुकमा आफ्नो र श्रीमान आयुष्मान देशराज जोशीको फोटो सेयर गर्दै ‘अब तपाईंहरू मलाई सोध्न छाड्नु भए हुन्छ! हो, हामी गर्भवती छौं।’ प्रियंकाले लेखेकी छन्।

उनका शुभचिन्तक तथा फ्यानहरूले उनी सामाजिक सञ्जालमा सक्रिय नदेखिएको र पोस्ट गरिएका फोटोमा मोटाएको देखिएको जस्ता कुरालाई आधार बनाएर प्रियंका गर्भवती भएको हो कि! भन्ने अड्कल काटेका थिए।