क्यान्सरपीडितको उपचारका लागि सहयोग

everest kitchen

 

व्यास साङ्गीतिक समूहले क्यान्सरपीडित तनहुँको व्यास नगरपालिका–४ निवासी विकास दरैको उपचारका लागि रु दुई लाखभन्दा बढी रकम सहयोग गरेको छ । समूहले दमौली, डुम्रे, आँबुखैरेनीमा साङ्गीतिक कार्यक्रम गरेर सङ्कलन गरेको रु दुई लाख २८ हजार १५५ पीडितको उपचारका लागि सहयोग गरेको हो ।

उक्त रकम समूहका अध्यक्ष मोहनराज आलेले पीडितका बुबा हस्तबहादुर दरैलाई हस्तान्तरण गरेका छन । क्यान्सरपीडित दरैको उपचारका लागि व्यास–३ घर भई हाल अमेरिका बस्नुहुने उत्तम भट्टराईले रु १० हजार, नारायण पौडेलले रु पाँच हजार, ब्ल्याक स्ट्रोक रेस्टुरेण्टले रु तीन हजार १००, गोरखकाली बोर्डिङ स्कूलले रु २५ हजार, बाराही आवासीय माध्यमिक विद्यालयले रु २१ हजार ९०० सहयोग गरेको युवा अभियानकर्मी सुमन श्रेष्ठले जानकारी दिए ।