पार्टी छाडेकालाई धमाधम कारबाही अगाडि बढाउँदै माओवादी केन्द्र

everest kitchen

 

काठमाडौं । माओवादी केन्द्रले पार्टी परिवर्तन गरेका प्रदेश १, लुम्बिनी र कर्णाली प्रदेशसभाका चार सांसदलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।

माओवादीले एमालेतिर लागेका प्रदेश १ का टंक आङ्बोहाङ, लुम्बिनीका दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णालीका धर्मराज रेग्मीलाई प्रदेशसभा सदस्यबाट हटाउन लागेको छ।