फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

everest kitchen

 

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो।

योसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ। ​निगमले हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखिएको जानकारी दिएको छ।