पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध अनेरास्ववियुको प्रदर्शन

everest kitchen

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध अनेरास्ववीयु आर आर इकाई कमिटीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

अनेरास्ववीयु(खनाल–नेपाल समूह) आर आर इकाई कमिटीले मंगलबार काठमाडौंको प्रदर्शनीमार्गमा टायर बालेर पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, भ्रष्ट सरकार राजीनामा दे लगाएतका नारा लगाएका थिए । प्रदर्शनका क्रममा बिद्यार्थीहरुले बिच सडकमा टायर बालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको थियो । मूल्यवृद्धि भएपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ३ रुपैयाँ पुगेको छ ।