रङ्गशाला निर्माणका लागि मलेसियाको वाईएचआई कम्पनीमा कार्यरत श्रमिकको सहयोग

everest kitchen

सुरेन्द्र महतो
मलेसिया। गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि मलेसियाको वाईएचआई  कम्पनीमा कार्यरत श्रमिकहरुले सहयोग गरेका छन्। उनीहरुले धुर्मुस सुन्तली फाउन्डेसनको नाममा ७२ हजार ८४५ रुपैया सहगोग रकम पठाएका हुन्।

रङ्गशाला निर्माण अभियानका लागि थोरै भएपनि सहयोग होस् भनेर मलेसिया को मलक्का राज्यमा रहेक वाईएचआई कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुबाट सहयोग संकलन गरेर ७२ हजार ८४५ रुपैया नगद पठाएको अभियन्ता विजय कुमार मण्डलले जानकारी दिए।

मण्डलका अनुसार संकलन गर्नमा साथ दिनेहरुमा विजय कुमार राउत, विनाेद खत्री , साेम रुमबा , टेक खड्का , राहुल वि.के र  वाईएचआई कम्पनीमा कार्यरत नेपाली श्रमिकहरु रहेका छन्।