कपिलवस्तु र झापामा जबरजस्ती करणी अभियोगमा दुईजना पक्राउ

everest kitchen

 

काठमाडौं। कपिलवस्तु, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तु नगरपालिका-५ दलदलाहा बस्ने दिनेश भन्ने २८ वर्षीय रतन गिरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

गिरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, झापामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-७ सतिघट्टा बस्ने १९ वर्षीय पल्टन टुडुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-१५ लक्ष्मि डाँडास्थित जंगलमा पल्टनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।