माओवादीद्वारा आजको बागमती प्रदेशसभा बैठक अवरुद्ध

everest kitchen

 

मकवानपुर । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले बागमती प्रदेशको सोमबारको प्रदेशसभा बैठक पनि अवरुद्ध गरेको छ । आजको बैठकमा मुख्यमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव सहमति बिनै सत्तारुढ दलका सदस्य कृष्णप्रसाद भूर्तेलले अविश्वास प्रस्ताव फिर्ता लिने सम्बन्धी प्रस्ताव बैठकमा पेश गरेपछि केन्द्रले बैठक अबरुद्ध गरेको हो।

आजको बैठकमा मुख्यमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्तावको प्रस्तावक अरुणकुमार नेपाल उपस्थित भएनन् । उक्त प्रस्ताव पेश गरेलगत्तै माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेले सो प्रस्तावमाथि बैठकमा छलफल नगराइयोस् भनि बारम्बार माग गरे भने माओवादीले सोही क्रममा बैठक नै अवरुद्ध बनाएको हो ।

नेता जम्मकट्टेलले सरकारले एकपक्षीय ढंगबाट आर्थिक मापदण्ड र प्राविधिक सुझाव बिना नै विद्युतीय बस संचालन गर्न बोलपत्र आह्वान गरेकोप्रति पनि आपत्ति जनाएका थिए । प्राविधिकहरुको सुझावलाई मनन् गरेर मात्रै बस संचालन गर्ने रुट तयार गर्ने र निजी क्षेत्रका व्यवसायीहरुलाई पनि सहभागी गराउनुपर्नेमा उनले जोड दिए ।

माओवादीको अवरोधकै कारण आजको प्रदेशसभा बैठक स्थगित गरिएको प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार, प्रदेशसभाको अर्को बैठक भोलि दिनको ११ बजेको लागि तय भएको छ ।