शिक्षण संस्था बन्द गर्ने सरकारको तयारी

everest kitchen

काठमाडौं । स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले कोरोनाभाइरसको जोखिमलाई कम गर्न सरकारले शिक्षण संस्था बन्द गर्ने संकेत दिएका छन् । संस्था बन्द गरेर भर्चुअल माध्यमबाट पठनपाठनको तयारी गरेको बताएको उनले बताएका हुन ।

एक टेलिभिजनमा कुराकानी गर्दै मन्त्री त्रिपाठीले “चाँडै बस्ने कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले पढाइमा अवरोध नहुने गरि शिक्षण संस्थालाई भर्चुअल माध्यममा लैजाने निर्णय गर्ने बताए । उनले कोरोनाको दोस्रो लहरलाई रोक्नको लागि पढाइलाई भर्चुअल माध्यममा लैजानुको अर्को उपाय नभएको बताए हुन ।

पछिल्लो समय शिक्षण संस्थाहरु कोरोनाको हटस्पट बन्दै गएकाले सरकारले यस्तो निर्णय गर्ने तयारी गरिरहेको उनले बताए । लकडाउन गर्नुपर्ने परिस्थिती आउन नदिनेतर्फ सबैले ध्यान दिनुपर्ने बताउँदै उनले लकडाउन गर्नु सरकारको रहर नभएको बताएका छन् ।