विद्यालय, पार्टी प्यालेस, फिल्म हल बन्द गर्न सीसीएमसीलाई सिफारिस

everest kitchen

काठमाडाैं । स्वास्थ्य मन्त्रालयले काेराेना भाइरसको नयाँ लहर फैलिएको भन्दै शिक्षण संस्थाहरुको प्रत्यक्ष पठनपाठन, फिल्म हल र पार्टी प्यालेस बन्द गर्न सिफारिस गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेत्र त्रिपाठीले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा सिफारिसमाथि छलफल हुने बताए ।

पछिल्लो समय शिक्षण संस्थाहरु कोरोनाको हटस्पट बन्दै गएकाले सरकारले यस्तो प्रस्ताब गरेको उनले बताए । लकडाउन गर्नुपर्ने परिस्थिती आउन नदिनेतर्फ सबैले ध्यान दिनुपर्ने बताउँदै उनले लकडाउन गर्नु सरकारको रहर नभएको बताएका छन् ।