चार मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

everest kitchen

काठमाडौँ। पदमुक्त भएका चार जना मन्त्रीले आज पद तथा गोपनीयताको पुनः सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा मन्त्रीहरू टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी हुन्।

उनीहरूले पहिलेकै मन्त्रालयमा नियुक्त लिएका हुन्। संघीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था रहेको छ।