सिभराज लिम्बुको हाते ट्रयाक्टर

everest kitchen

काठमान्डू। केहि समय अगाढी गाउँमा कार बनाएर चर्चित भएका झापाका सिभराज लिम्बु अहिले राष्ट्रिय आविष्कार केन्द्रमा छन्। आफ्नो गाउँमा कार बनाएर चर्चमा आएका सिभराजले यतिबेला चलनचल्तीका हाते ट्रयाक्टरको सुधार गर्दै सरल र सस्तो कसरि बनाउन सकिन्छ भनेर लागि परेका छन्।

झापाको बाह्रदशी ६ का स्थायी बासिन्दा सिभराज दुई महिना अगाढी राष्ट्रिय आविष्कार केन्द्रमा आएर एउटा हाते ट्रयाक्टर बनाउने प्रयास गरि रहेका छन् । आविष्कार केन्द्रका संस्थापक महाबिर पुनका अनुसार,ट्रयाक्टरको प्रोटोटाईपमा उनले अहिले मोटरसाइकलको ईञ्जिन राखेर टेस्ट गर्दै छन । अन्य पार्टपुर्जाहरु बजारमा नै किनेका छन् । भविष्यमा कस्तो ईञ्जीन राख्ने भन्ने कुरा पछि नै थाहा हुनेछ ।

यो कुनै आविष्कार होइन तर यसको डिजाईन, यसमा लाग्ने हलो फाली र यसले गर्न सक्ने अन्य कामहरुको ईनोभेसन अथवा नवप्रबर्तन उनले आविष्कार केन्द्रको सल्लाह सुझाबमा नै गर्ने छन् । अहिले गाउँपालिकाहरुले अनुदानमा किसानहरु लाई बाँडेको हाते ट्रयाक्टरमा के के कमि कमजोरीहरु छन् र त्यसलाई कसरी सुधार्ने भन्ने कुरामा दिमाग लगाई रहेका छन् । यो हाते ट्रयाक्टर सके सम्म नै सस्तो र निश्चय नै बलियो हुनेछ । मर्मत सम्भार पनि यहि नै हुने छ । हेर्दै जाउँ, कस्तो बन्छ । यसको प्रगति रिपोर्ट बेला बेलामा दिने छौं, पुनले भने।