माओवादी केन्द्रका नेता डिल्ली प्रसाईको निधन

everest kitchen

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाका पुराना र एक समयका चर्चित कम्युनिस्ट नेता नेकपा (माओवादी केन्द्र ) का केन्द्रीय सल्लाहकार डिल्ली प्रसाईको शनिबार निधन भएको छ । आकस्मिक बिरामी भइ उपचार गर्न जाने क्रममा बाटैमा निधन भएको हो ।

तत्कालिन पन्चायती व्यवस्थाले पटकपटक जेल हाले पनि निरन्तर नडगमगाउने एक साहसी योद्धाका रुपमा उनी चिनिएका थिए । उनको पार्थिव शरीरलाई आजै झापाको माइ नदिमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले जनाएको छ ।