डाक्टर अब्दुल कलाम अवार्डद्वारा बाराका आनन्द शर्मा सम्मानित

everest kitchen

बारा । चर्चित प्रेरक वक्ता (मोटिभेशनल स्पिकर) व्यवसाय प्रशिक्षक तथा लेखक आनन्द शर्मा भारतको एक प्रतिस्ठित सम्मान डा. एपिजे अब्दुल कलाम अवार्ड २०२१ द्वारा सम्मानित भएका छ्न ।

शर्मा प्रदेश नम्बर २ स्थित बारा जिल्लाको देवताल गाउँपालिकाको वडा नम्बर ५ टोल धुराहा निवासी हुन् । हाल व काठमाणडौमा बसोबास गर्दै आईरहेका छ्न ।

उले भोगेका असफलताहरु बाट नै पाठ सिकेर अब अरु नेपालीहरुलाई असफल हुनु नपरोस् भनी प्रशिक्षण पेशामा आएका हुन । शर्मालाई कतिपय व्यक्तिहरुले पागल तथा आफ्नो जीवनमा केही गर्न सक्दैन भन्ने समेत गर्द्थे । तर आज उनी सफलतापुर्वक प्रशिक्षक को रूपमा अन्तर्राष्ट्रिय स्तरमा समेत देशको नाम सहित आफ्नो नाम चिनाउन सफल भइरहेका छन् । जीवनमा असफलताहरु बाट नडराई निरन्तर प्रयास गरे सफलता अवश्य नै प्राप्त हुने कुराको एक उदाहरण समेत बनेका छ्न ।

व्यवसाय तथा व्यक्तिगत बिकास एवं मोटिवेशनल प्रशिक्षणमा शर्माको लामो अनुभव रहेको छ । उनी आफ्नो तालिमहरुको द्वारा धेरै नै व्यक्तिहरूलाई आफ्नो जीवन उकास्न प्रेरणा दिएका छ्न । सानो सोच भएको व्यक्तिहरूलाई ठुलो सपना देख्न अभिप्रेरित गर्ने र असफलता पाएर निरास भएका व्यक्तिहरूलाई उनीहरुको लक्ष्य हासिल गराउनेमा समेत मद्धत गर्ने गर्द्छ्न ।

आनन्द शर्मा आफ्नो प्रशिक्षणको माध्यमले सम्पुर्ण नेपाली हरुको मन जित्दै सफलताको बाटोमा हिडिरहेका छ्न । सम्पुर्ण नेपालीहरुलाई सफलता दिलाई राष्ट्रलाई समृद्ध बनाउने शर्माको उद्देश्य रहेको छ ।