आज देशभर थप ३३७ जनामा संक्रमण पुष्टि

everest kitchen

 

काठमाडौँ । नेपालमा शनिबार थप ३३७ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ३५ सय ३२ पिसिआर परिक्षणका क्रममा थप ३३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाकारी दिएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ७२५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण तीन हजार ३९ जनाको ज्यान गएको छ । नेपालमा थप १५१ जना निको हुँदा हालसम्म दुई लाख ७३ हजार ८८६ जनाले कोरोना जितेका छन् ।

हाल नेपालमा २८ सय जना आइशालेशन र ८४ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २३ लाख ९ हजार ७७६ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।