युवा संघ नेपालको राप्ती नगर अध्यक्षमा राज कुमार रुम्बा

everest kitchen

चितवन । नेकपा एमाले माधव पक्षको समानान्तर युवा संगठन युवा संघको राप्ती नगर कमिटी घोषणा गरिएको छ । नेकपा एमाले माधब नेपाल समुहले शनिबार राप्ती नगर पालिका ४ डडुवा स्थित जुमेरा होटलमा आयोजना गरेको युवा भेलामा राजकुमार रुम्बाको अध्यक्षतामा ३०१ सदस्यीय युवा संघको नगर कमिटी घोषणा गरिएको हो ।

समितिको उपाध्यक्षमा कृष्ण पाठक, बाबुराम चाैधरि, भरत तामाङ, दिनेश खनाल र राजकुमार माेक्तान चयन भएका छन् । संघको सचिवमा मिलन चेपाङ, काेषाध्यक्ष टेलकुमारी श्रेष्ठ र सहसचिवमा नाेमी रुम्बा, उद्दव श्रेष्ठ, आमाेश रुम्बा चयन भएका छन् । उनीहरुलाई युवा संघको केन्द्रीय कोषाध्यक्ष दिपक दुवाडीले सपथ ग्रहण गराएका थिए ।

सो भेलामा अखिल नेपाल महिला संघको राप्ती नगर कमीटिसमेत घोषणा गरिएको छ । सुनिता थपलियाको अध्यक्षतामा अनेमसंघ को नगर कमिटि घोषणा गरिएको हो ।

युवा तथा कार्यकर्ताको उत्साहजनक सहभागीता रहेको सो भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्री ले सम्बोधन गरेकी थिइन्। सम्बोधनको क्रममा नेतृ झाँक्रीले प्रधानमन्त्री ले माधव पक्ष लाई आफ्नै घर भित्र पस्न नदिई बाहिर बाट नै लखेटी रहेको आरोप लगाउनु भएको छ भने प्रधानमन्त्री ले संघियता नै खतरामा पुर्‍याएको आरोप समेत लगाउनु भएको थियो ।

त्यस्तै नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कृष्ण खनाल, प्रदेश सदस्य बाबुराम पाठक, अनेरास्ववियुका जिल्ला अध्यक्ष साकार लामा, युवा संघ चितवनका बरिष्ठ उपाध्यक्ष सुवास सिलवाललगायतले बोलेका थिए । कार्यक्रम युवा संघका केन्द्रीय सदस्य शमसेर लामाको अध्यक्षतामा भएको थियो ।