बाराको परवानीपुरका ११५ जनाले रक्तदान गरे

everest kitchen

पर्सा। बाराको परवानीपुर गाउँपालिका बहुवरी वडा नं ५ मा आज बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । परवानीपुर बारा कार्यपालिका सदस्य सन्जु साह को आयोजना र स्वच्छ समाज युवा क्लब परवानीपुर गाउँपालिका वडा नम्बर ५ बहअरी बाराको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ६ जना महिला सहित ११५ जनाले रक्तदान गरेका छन । रक्तदान गर्नेहरूमा , सिता दास,वविता देवी,गीता साह, आकाश गुप्ता,दिनेश महतो,लक्ष्मी सिंह,विजय साह,दरोगा दाश,राहुल साह,राजेश सिंह र भिखम साह रहेका छन । कार्यपालिका सदस्य सन्जु साहको अध्यक्षतामा भएको कार्यक्रममा ५१ ह्जार रक्तसंचारलाई दिएका छन् ।आफनो मन्तवय राखदै साहले भने विगतका दिनमा यस गाउँपालिकामा गरिब तथा विपन्न् वर्गका समुदायलाई रक्तको आवश्यताका वेला रक्त लिन नसकने भएको कारण यो ५१ ह्जार सो वर्गका समुदायलाई सहयोग हुने बताए ।

रक्तदान कार्यक्रमको उदघाटन प्रमुख अतिथि नेपाल बार एशोसिएशनका केन्द्रिय उपाध्यक्ष रामचन्द्र सिंह राजपुतले पान्समा दियो बाली गर्नुभएको थियो । कार्यक्रममा आफनो मन्तव्य राखदै सिंहले भने अहिले य’वाको जागरुकता देखेर समाजमा परिर्वन हुने बताए । कार्यक्रममा टोलाका महिलाहरुको सहभागीता देखिएको थियो ।आफनो संस्किृतीको कदर गदै मद्येसी महिलाहरु रक्तदान गरेका थिए ।झस्वास्थ्य र सुन्दर मानव कल्याणको लागी जिवन जोगाऔं’’ रक्तदान जीवन दान भन्ने कथन नाराबाट उत्प्रेरित भई रक्तदान कार्यक्रमा सम्पन्न भएको छ ।

कार्यसमिति सदस्य सन्जु साहबाट रक्त संचारमा ५१ हजारको चेक हस्तान्तरण

नयाँ वर्षा २०७८ को शुभ उपलक्ष्यमा परवानीपुर बारा कार्यपालिका सदस्य सन्जु साह को आयोजना र स्वच्छ समाज युवा क्लब परवानीपुर गाउँपालिका वडा नम्बर ५ बहअरी बाराको सहकार्यम भएको कार्यक्रमका विच रक्तदातालाई सम्मान सहित गम्छा ओढाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पसका रसायन शास्त्र विभागका प्रमुख डा.प्रमोद कुमार यादव,स्वच्छ समाजका अध्यक्ष भुपेन्द्र पटेल तथा टोलका बुद्धिजिवि,समाज सेवी लगायतको उपस्थित रहेको थियो ।