पोर्चुगलमा नेपालीलाई नक्कली हवाई टिकेट बेच्ने कुँवरलाई अन्तरास्ट्रिय नेपाली समाजद्वारा कारबाहीको माग

everest kitchen

 

पोर्चुगल। पोर्चुगलको लिस्वनमा रहेको लक्ष्मी ट्राभल्स कम्पनीका संचालक विक्रम जङ्ग कुँवरले कम्पनीको आइमा पार्चुगलमा रहेका नेपालीहरुलाई नक्कली हवाई टिकट बनाएर अलपत्र पारेको खबरपछि अन्तरास्ट्रिय नेपाली समाज (ईन्स ) पोर्चुगलले कारबाहीको माग गरेको छ।

जिम्मेवार संस्थाको महत्वपूर्ण पदमा रहेर सम्पूर्ण नेपालीहरुको सेवा गर्नु पर्ने व्यक्तिले गरेको यस्तो निर्लज्ज कार्यले सम्पूर्ण नेपालीहरुको आत्म सम्मानमा ठूलो चोट पुगेको छ । कोभिड १ ९ को कारणले उत्पन्न महामारी जस्तो प्रतिकुल समयमा ठगिमा परि झन पीडा खेप्नु हुने सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरुको लागि न्यायको पक्षमा उभिदै यस्तो अनैतिक र निर्लज्ज कार्यमा संलग्न आरोपित विक्रमजंग कुँवरलाई यथाशिघ्र कानुनी कार्वाही गर्न सम्बन्धित पक्षसँग जोडदारर अपिल गर्दै , यो लडाइँमा हामी सँगै रहेको कुरा सम्पूर्ण पोर्चुगलबासी नेपाली दिदीबहिनी – दाजुभाइमा जानकारी गराउन चाहान्छौं । बिज्ञप्तिमा भनिएको छ।

एनआरएनएका कोषाध्यक्ष समेत रहेका कुँवरले नक्कली हवाई टिकट बेचेको सेवाग्राहीहरुले आरोप लगाएका थिए । कुँवरको ट्राभलमार्फत पोर्चुगलबाट नेपाल जान ११ जनाले काटेको हवाई टिकटसहित विमानस्थलमा बोर्डिङ पासका लागि अनुरोध गर्दा डेस्कमा रहेका कर्मचारीले टिकट नक्कली भएको भन्दै फिर्ता गरेपछि घटना सार्वजनिक भएको थियो ।

फर्काइएका ११ जनाले प्रतिव्यक्ति ६२० यूरो अर्थात् करिब रु ७० हजार तिरेर टर्किस एयरलाइन्सको टिकट काटेका थिए। सञ्चालकले ठगेको भन्दै पीडितहरुले पोर्चुगाली प्रहरीमा रिपोर्ट गरेपछि प्रहरीले छापा मारेको छ । प्रहरीले ट्राभलमा रहेका कागजपत्रहरु पनि जफत गरेको छ । सञ्चालक कुँवरले भने आफ्नो एजेन्सीलाई टिकट जारी गर्ने निकाय कालो सूचीमा परेकोले समस्या आएको बताएका छन् ।

एनआरएनएका कोषाध्यक्ष समेत रहेका कुँवरलाइ यसअघिनै संस्थाबाट निलम्बन गरि सकेको छ।