चेपाङ राजमार्गमा ट्याक्टर दुर्घटना!

everest kitchen

सबिन कुमार लोप्चन

चितवन। चितवन जिल्लाको राप्ती नगरपालिका भण्डारा बजार बाट मलेखु जोड्ने चेपाङ राजमार्गमा ना.१ त. ६२८२ नम्बर को ट्राक्टर दुर्घटना भएको छ ।

२२ जना सवार रहेको ट्राकटर राप्ती नगर पालिका ११ को वडा कार्यलय ढलान गरेर फर्किने बेला अनियंत्रित भइ दुर्घटना भएको हो । दुर्घटना परि केही मात्रामा मृत्यु भएको आशंका छ भने बाँकी सबै को अबस्था गम्भीर रहेको छ । घटना बारे थप जानकारी भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।