स्वर्गीय नेता जोशीको जनसम्पर्क समिति मलेसियाद्धारा श्रद्धाञ्जलिसभा

everest kitchen

मलेसिया । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री स्वर्गीय नेता नविन्द्रराज जोशीको १३ औं दिनको पुण्यतिथिको अवसरमा नेपाली जनसम्पर्क समिति मलेसियाले श्रद्धाञ्जलीसभा गरेको छ ।

आइतबार क्वालालम्पुर स्थित नेपाली जनसम्पर्क समितिको कार्यलयमा समितिले श्रद्धाञ्जली सभा गरेको हो । समितिका उपसभापति कमल प्रसाद गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई समितिका कोषाध्यक्ष हरि कोइरालाले सञ्चालन गरेका थिए ।

कार्यक्रमका मलेसिया स्थित समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियोे ।