चलचित्र ‘लाल मोहन जी’मा संगीत भर्दै सन्तोष राज साहनी

everest kitchen

चलचित्र ‘लाल मोहन जी’ निर्माणको घोषणा भएको छ । यो चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन् । आर.रोसफी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका प्रस्तुतकर्ता तथा निर्माता सुगन तण्डुकार हुन् ।

विपिन कार्की,रोहित रुम्बा,कर्मा शाक्य,अर्पण थापा, रविन्द्र झा, सुष्मा कार्की, सुभाष मेचे, कालु राना, सुगन तण्डुकार ,कृष्ण कुमार महतो र सुस्मिता मुडभरीको मुख्य भूमिका रहने फिल्मका लागि एक हेरोइन भने चयन हुन बाँकी छ ।

प्रवेश पौडेलको कथामा पटकथा सम्वाद आकाश बरालले तयार पारेको फिल्ममा सन्तोष राज साहनीको संगीत, निरज कँडेलको छायाँकन, राजु तामाङको द्वन्द्व, कविराज गहतराजको नृत्य रहनेछ । फिल्मलाई अर्जुन जिसीले सम्पादन गर्नेछन् ।

नेपालको झापाको भद्रपुर, भारत, क्यानडा र अष्ट्रेलियामा छायाँकन हुने बताइएको फिल्म जेठको पहिलो साताबाट फ्लोरमा निस्कने तयारीमा छ । सस्पेन्स कमेडी कथामा बन्न लागेको फिल्मको कथा राम्रो भएको निर्देशक बस्नेतले दाबी गरे । ।