मकवानपुरमा आगलागीबाट एक घर जलेर नस्ट

everest kitchen

मकवानपुर । मकवानपुरमा एक घर आगलागीबाट पुर्ण क्षति भएको छ । जिल्ला राक्सिराङ गाउँपालिका वडा नं. ६ स्थित मागेनीमा रहेको सिदान्त चेपाङको घर जलेर नस्ट भएको हो।

खडेरीको बेला घरमा कोहि नरहेको बेला अचानक आगलागी भएको थियो। आगलागी भएको थाहा भए पछि स्थानीय मिलेर आगो नियन्त्रण गर्न खोजे पनि नियन्त्रण गर्न नसके पछि पुर्ण क्षति भएको छ। आगलागीबाट नगद २६ हजार र पशु चौपायामा ४ वटा बाख्रा जलेर नस्ट भएको बताएको छ।

घर जलेपछि पीडित सिदान्त चेपाङ यतिबेला चिन्तामा रहेका छन् । आर्थिक अवस्था निकै कम्जोर रहेकोमा केहि भएको पनि जलेर नस्ट भएपछि उनी राहतको पर्खाइमा रहेको बताएका छन् ।