तमु समाज मलेसियाको पुनर्गठन, अध्यक्षमा समीर गुरुङ

everest kitchen

मलेसिया । मंगलबार नयाँ वर्षको अवरसमा तमु समाज मलेसियाले कार्यसमिती पदपूर्ति गरि समिति पुनर्गठन गरेको छ । पुनर्गठीत समितिको अध्यक्षमा समीर गुरुङ्ग चयन भएका छन् ।

त्यस्तै नयाँ कार्यसमिति अनुसार बरिष्ठ उपाध्यक्ष हर्क गुरुङ्ग,
उपाध्यक्ष उर्मिला गुरुङ्ग, सुमित गुरुङ्ग, कोषअध्यक्ष रबिना गुरुङ्ग, सहकोषअध्यक्ष बुद्धिमाया गुरुङ्ग, महासचिव दिल गुरुङ्ग, सचिव राजु गुरुङ्ग रहेेका छन् ।

यस्तै सदस्यहरुमा एनबि गुरुङ्ग, राजेन्द्र गुरुङ्ग, राम गुरुङ्ग, पदम गुरुङ्ग, कालू गुरुङ्ग, खिर गुरुङ्ग, कृष्ण गुरुङ्ग, दिपक गुरुङ्ग, मन माया गुरुङ्ग, सुक बहादुर गुरुङ्ग, मन माया गुरुङ्ग(क), आईरानी गुरुङ्ग, नुराज गुरुङ्ग, खुविन गुरुङ्ग, मिलन गुरुङ्ग, बुद्दि बहादुर गुरुङ्ग, मंगल् गुरुङ्ग, अमर गुरुङ्ग, पदम गुरुङ्ग, मोहन गुरुङ्ग, सुनिता गुरुङ्ग, लक्ष्यमन गुरुङ्ग, बिक्रम गुरुङ्ग, आइतराम गुरुङ्ग, प्रशान्त गुरुङ्ग, सिद्धव कुमार गुरुङ्ग, मेनुका गुरुङ्ग, दिलिप गुरुङ्ग, नीर गुरुङ्ग, प्रीती गुरुङ्ग, पुजा गुरुङ्गलाई चयन गरिएको समाजले जनाएको छ ।

समाजको बरिस्ठ सल्लाहकारहरु बल बहादुर गुरुङ्ग, गणेश गुरुङ्ग, रुप गुरुङ्ग, डा. हुम बहादुर गुरुङ्ग र सल्लाहकार अमृता गुरुङ्ग, अम्मर गुरुङ्ग, राजु गुरुङ्ग, श्याम गुरुङ्ग, हर्के गुरुङ्ग, काजी गुरुङ्ग, सन्जय गुरुङ्ग, सन्तोषी गुरुङ्गलाई चयन गरिएको छ ।

समाजको अध्यक्ष तथा अन्य मुख्य पदाधिकारीहरु नेपाल छुट्टिमा गएर आउन नपाएको र केही आफ्नो कारार अबधि सकेर नेपाल फर्किएकोले उक्त पदहरु पुर्ति गरि नयाँ समितिको गठन गरेको समितिका महासचिव दिल गुरुङले जानकारी दिए ।

सो अवसरमा अध्यक्ष समीर गुरुङले नयाँ बर्षको शुभकामना दिदै अाफुलाई गरीमामय पदमा चयन गरेकोमा सबैलाई धन्यबाद दिए । साथै, उनले आफुले तमु समाज मलेसियालाई सक्दो योग्दान गरि समाजको बिधान र उद्देश्य अनुरुप कार्य गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।