गण्डकीमा सरकार परिवर्तनको तयारी

everest kitchen

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्रीमा पोख्रेल प्रस्ताव

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का २८ प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका छन्, जसमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।

सर्वोच्च अदालतको फैसला पश्चात मुख्यमन्त्री गुरुङले विश्वासको मत लिनुपर्ने संवैधानिक दायित्व भएपनि त्यसो नगरेकाले यो सरकार असंवैधानिक भएको अविश्वासको प्रस्तावमा लेखिएको छ।

कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ गरी २८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको हो।

यो प्रस्तावमा राष्ट्रिय जनमोर्चाका सांसदले हस्ताक्षर गरेका छैनन्। तर अविश्वास प्रस्तावमा जनमोर्चाले समर्थन गर्ने सहमति भइसकेको माओवादीका एक सांसद सदस्यले बताए।