प्रधानमन्त्री र रअ प्रमुख बीचको भएको भनिएको सहमति पत्र सार्वजनिक गर्ने पत्रकारलाई पक्राउ गर्न थालेपछि महासंघको बिरोध

everest kitchen

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय रिसर्च एण्ड एनालाइसिस विङ्स “रअ” प्रमुख सामन्त गोयल बीचको भएको भनिएको  सहमति पत्र सार्वजनिक गर्ने पत्रकारलाई पक्राउ गर्न थालेकोो भन्दै पत्रकार महासंघको उपत्यका प्रदेश समितिले बिरोध जनाएको छ । महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै काउन्सिल नेपालको क्षेत्राधिकार मिच्दै प्रशासन हावी हुन खोजे उपत्यका समिति कडा प्रतिरोधमा उत्रने चेतावनी समेत दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय रिसर्च एन्ड एनालाइसीस विङ्स ‘ रअ’का प्रमुख सामन्त गोयलबीच चार बुदे सहमति भएको भनी प्रकाशित समाचारलाई लिएर उज्यालो नेटवर्क प्रा.लि.का सञ्चालक तथा प्रधान सम्पादक बुद्ध लोप्चन , कार्यकारी सम्पादक अनिश तामाङलगायत सञ्चारकर्मीलाई प्रहरीले पक्राउ गर्ने उद्देश्यसहित खोजीनीति गरेको विषयमा नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको ध्यानाकर्षण भएको छ ।

प्रहरीले कार्यालयमा नै आएर धरपकड तथा खोजतलास गरेपछि उज्यालो नेटवर्क कार्यालय बन्द भएकोमा प्रदेश समिति चिन्तित छ । व्यावसायिक पत्रकारिता , नागरिकको सूचना पाउने अधिकारलाई बञ्चित गरी प्रहरी प्रशासनले एउटा मिडिया हाउस नै बन्द हुनेगरी गरेको कार्यले पत्रकारिताको गरिमामा गम्भीर प्रहार मात्र नगरी संविधानले प्रेसलाई दिइएको अधिकारमाथिकै हनन् भएको उपत्यका समितिको ठहर छ ।

पत्रकार तथा पत्रकारिता र त्यसका अनेक पाटोलाई नियमन गर्नका निम्ति प्रेस काउन्सिल नेपाल रहेको उपत्यका प्रदेश समिति सम्बन्धित निकायलाई स्मरण गराउन चाहन्छ । क्षेत्राधिकारभन्दा बाहिर गएर राज्यशक्तिको दुरुपयोग गरी पत्रकारिता क्षेत्रमाथि हस्तक्षेप नगरी प्रेस काउन्सिल नेपालकै प्रक्रियागत हिसावमा सत्य तथ्य छानबिनको अपिल गर्दै बन्द रहेको मिडिया हाउसलाई अबिलम्ब सञ्चालन हुने व्यवस्था गर्न सरकारसँग प्रदेश समिति माग गर्दछ । अन्यथा प्रेसमाथि गरिएको हस्तक्षेप र प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार मिच्दै प्रशासन हावी हुन खोजे उपत्यका समिति कडा प्रतिरोधमा उत्रने चेतावनी दिन चाहन्छ ।

पुनश्च उपत्यका प्रदेश समिति स्वतन्त्र , मर्यादित र उत्तरदायी पत्रकारिताको पक्षमा रहेको र यसप्रति सचेत रहन सरोकारवाला सबैसँग अनुरोध गर्दछ ।

उज्यालो नेटवर्क नामक अनलाइनमा प्रकाशित समाचार र समाचारसंगै उल्लेखित सहमति पत्र अनुसार प्रधानमन्त्री ओली र ‘रअ’का प्रमुख गोयलबीच बालुवाटारमा गत कार्तिक ५ गतेको मध्यराति ३ घण्टा भएको छलफलमा ४ बुँदे सहमति भएको उल्लेख छ ।

समाचारमा प्रकाशित, सहमति पत्रमा लेखिएअनुसार ओली र गोयलबीच नेपाल र भारतको सीमा विवादबारे ओलीले अन्य कदम नचाल्नेदेखि अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गराउन मोदीले सघाउनेसम्मको विषय समेत उल्लेख छ । यद्यपि उक्त समाचार झुटो र कपोकल्पित भएको यसअघि नै प्रधानमन्त्रीका विदेश सल्लाहकार राजन भट्टराईले फेसबुक मार्फत प्रतिक्रिया दिएका छन् ।

प्रकाशित सहमति पत्र