मलेसियाबाट उडानको तयारी गरेको हिमालय एयरलाइन्सको तालिका परिवर्तन

everest kitchen

मलेसिया । मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट अप्रिल १६, १७ र १८ मा उडान तालिका तय गरेको हिमालय एयरलाइन्सले मौसम खराबीका कारण उडान भर्न नसकेपछि तालिका परिवर्तन गरेको छ । अप्रिल १६ मा हुने भनेको उडान अप्रिल १७ मा , १७ को १८ र १८ को १९ अप्रिल सांझ ६५० बजे उडान भएको हो ।

अप्रिल १६ तारीखको उडान मिति तय भएर एयरपोर्टमा पुगेका यात्रुहरुलाई अन्तर्राष्ट्रिय बिमानस्थल क्वालालम्पुरको प्रतीक्षा कक्षमा एयरलाईन्सले नै खान बस्नको ब्यबस्था गरि राखिएको नेपाली दुतावास मलेसियाका जनसम्पर्क अधिकृत टेक बुढाले जानकारी दिए ।

अधिकृत बुढाका अनुसार पिसिआर रिपोर्टको अबधि टिकमा उल्लेखीत उडान मिति र समय सम्म मान्य अवधि (भ्यालिड डेट ) भएमा पुर्ण पिसिआर टेष्ट गर्न पर्ने छैन ।