पीएनसीसी मलेसियाले जोहोर र पेनाङमा हेल्प डेस्क सन्चालन गर्दै

everest kitchen
.

मलेसिया । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) मलेसियाले मलेसियाका दुई राज्यहरु जोहोर र पेनाङ राज्यमा हेल्प डेस्क सञ्चालन गर्ने भएको छ । समितिले मलेसियामा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरि विभिन्न विषयमा सहयोग गर्ने उदेश्य ले हेल्प डेस्क सञ्चालन गर्न लागेको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना कोभिड-१९ महामारीको कारणले नेपाली श्रमिक हरुमामा हुने गरेका विभिन्न किसिमका समस्याहरुलाई मध्यनजर गरेर परामर्श तथा सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको समितिले जनाएको छ । मलेसियामा भोग्नु परेको विभिन्न कानुनी जटिलता, घर फिर्ति सम्बन्धि अन्यौलता र श्रमिकहरुले भोगेका समस्यालाई नेपाली राजदुतावास सम्म पुर्याइ सहयोग तथा सहजीकरण गर्ने उद्देश्यले उक्त कार्य गर्न लागेको संस्थाले जनाएको छ ।

कार्यक्रम आगामी अप्रिल १८ तारिख बिहान १२ बजे देखि सांझ ५ बजेसम्म सञ्चालन हुने बताएको छ । पेनाङको लागि पुलाउ पेनाङको बुकिट मेर्ताजाम स्थित महाकाली रेष्टुरेन्ट नजिकैको स्थानमा हुनेछ । त्यस्तै सोही मितिमा जोहोरबारु राज्यको लागि “सेनाइ जोहोरको इन्डाहपुरा कुलाई जया स्थित एवान मलको फुड एभेन्यू फ्रस्ट फ्लोरमा कार्यक्रम हुनेछ । कार्यक्रम सहभागी भई गुनासा तथा समस्याहरु दर्ता गराउन संस्थाले अनुरोध गरेको छ ।

कार्यक्रम बारे बुझ्न पेनाङको लागि शम्शेर बहदुर मल्ल “समीर”-६०११२११८७०२४०, जोहोरको लागि राजु तामाङ -६०११६११६५६५४ र चक्र मल्ल “ठकुरि” ६०१११०९४१९२० मा सम्पर्क गर्न आयोजक अनुरोध छ ।