केपी ओली सरकारको पतन शुरु – नेता सिंह

everest kitchen

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारको पतन शुरु भएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय स्याङ्जामा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन्।

उनले ओली सरकारको आयु सकिएको संकेत गर्दै अब नेपालको राजनीति फरक धारबाट बग्छ भन्ने स्पष्ट संकेत कर्णालीबाट देखिएको बताए । असंवैधानिक निर्णय लिएको सरकारले गर्ने चुनावको वैधानिकता समेत नहुने भन्दै, ओलीले सत्ताको आडमा फिँजाएका जालो चिरेर निष्पक्ष निर्वाचनको वातावरण बनाउनुपर्ने पनि उनले बताए ।

कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर भएको र संसदीय पद्धति नै अन्त्य गर्न कम्युनिष्ट लागिपरेको आरोपसमेत उनले लगाए ।