ज्ञान ज्योति मावि लाहाचोकका विवेक परियारलाई पाँच किमी दौडको उपाधि

everest kitchen

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकमा अवस्थित ज्ञान ज्योति बोडिङ स्कुलका छात्र विवेक परियारले पाँच किमी दौडको उपाधि जित्न सफल भएका छन् ।

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा भएको १५ औँ संस्करणको म्याराथन अन्तर्गत आज पोखरा रङ्गशालाबाट शुरु भएको सो दौडमा परियार प्रथम भएका थिए। उनले २१ मिनेट ५२ सेकेण्डमा सो दुरि पार गरेका थिए।

यसैगरी छात्रातर्फ भानु माध्यमिक विद्यालय तनहुँकी नर्मता गुरुङ प्रथम भएकी थिइन् । उनले २८ मिनेट १० सेकेण्डमा ५ किमि दुरि पार गरेकी थिइन् । उपाधि विजेता दुबै जनाले जनही रु १० हजार सहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका थिए ।

यसै गरि सोही प्रतियोगितामा छात्रतर्फ पदमोदय मोडल सेकेण्डरी स्कुल दाङका छात्र गृष राना मगरले २२ मिनेट दुई सेकेण्डमा दौड पूरा गरी द्वितीय र ज्योती माध्यमिक विद्यालय नवलपरासीका आशिष पोखरेलले २२ मिनेट २२ सेकेण्डमा निर्धारित दूरी पार गरी तृतीय बन्न सफल भए ।

छात्रातर्फ पदमोदय मोडल सेकेण्डरी स्कुल दाङका बन्दना चौधरीले ३० मिनेट सेकेण्डमा दूरी पूरा गरी द्वितीय र कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित उदय माध्यमिक विद्यालय धम्पुसका विनु विकले ३१ मिनेट ४८ सेकेण्डमा दौड पूरा गरी तृतीय भए । छात्र÷छात्रा तर्फ द्वितीय र तृतीय हुनेले जनही रु सात हजार र चार हजारका दरले नगद सहित मेडल पुरस्कार प्राप्त गरे ।

विजयी खेलाडीहरुलाई पोखरा महानगर पालिकाका उपप्रमुख मञ्जु देवी गुरुङ, भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, प्रतियोगिताका संयोजक हरि प्रसाद पराजुली, महासचिव खेम गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
स्मरणीय छ , माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लब लाहाचोकको आयोजनामा विवेक परिवारले हालै मात्र कास्की जिल्ला स्तरिय १० किमि दौड प्रतियोगितामा प्रथम भएका थिए। हिमाली आवाज