संक्रमित बढेपछि उच्च सतर्कता अपनाउन नेपाली राजदूतावास कुवेतको अनुरोध

everest kitchen

काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड -१ ९ ) को संक्रमणबाट जोगिन नेपाली राजदुतावास कुवेतले अनुरोध गरेको छ । दुतावासले एक सुचना जारी गर्दै हालैको समयमा कुवेतमा कोभिड -१९ को संक्रमण दर बढिरहेको र सो रोगको संक्रमणबाट ज्यान गुमाउनेको संख्या समेत बढिरहेको भन्दै त्यहाँ स्थित नेपालीहरुमा सजक रहन अनुरोध गरेको हो ।

बढ्दो संक्रमणबाट जोगिन स्थानीय सरकारले अवलम्बन गरेबमोजिमको स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशन , प्रोटोकल एवं पूर्वसावधानीका उपायहरूको पूर्ण परिपालना गरी उच्च स्वास्थ्य सुरक्षा एवं सतर्कता अपनाउन दुतावासले भनेको छ ।

साथै , कोभिड -१ ९ संक्रमणविरूद्ध यहाँहरूले अपनाउदै आउनुभएका उपायहरू जस्तै सामाजिक दूरी कायम गर्ने , भीडभाडमा नजाने / नगर्ने , मास्क तथा पन्जाको प्रयोग गर्ने , शारीरिक स्पर्श नहुने गरी अभिवादन गर्ने , साबुन पानीले पटक पटक हात धुने वा ह्यान्ड स्यानिटाईजरले नियमित रूपमा हात सफा गर्ने , खानपान लगायत स्वास्थ्य – सरसफाईमा विशेष ध्यान दिन तथा संक्रमित व्यक्तिको सम्पर्कमा आएको खण्डमा र रूघाखोकि , ज्वरो जस्ता कोरोनाका लक्षणहरू देखापरेमा नजिकैको स्वास्थ्य केन्द्र / अस्पतालमा तुरुन्तै सम्पर्क गर्न समेत दुतावासले अनुरोध गरेको छ ।

कुवेतमा हालसम्म २ लाख ५५ हजार ८६० संक्रमित भेटिदा १४ सय ४० जनाले ज्यान गुमाएका छन् भने २ लाख ३९ हजार २७ जनाले स्वास्थ्य लाभ गरेका छन् । हाल १५ हजार ३९३ मा सक्रिय संक्रमण रहेको छ ।