मलेसियामा नयाँ संक्रमित थपिने क्रम रोकिएन, आइतबार मात्र २ हजार १८५ जना थपिए

everest kitchen

ऐजेन्सी । मलेसियामा नयाँ कोभिड -१९ संक्रमितको सङ्ख्या थपिने क्रम रोकिएको छैन । आइतबार मात्र २ हजार १८५ जना थपिए ।

त्यस्तै आज मलेसियामा काेराेनाकाे कारण ८ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार ३७८ जना रहेका छन् ।

आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २ हजार १८५ जना रहेकाे छ । मलेसियामा हालसम्म ३ लाख ७५ हजार ५४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै आज १ हजार ४२७ जना निको भएसंगै मलेसियामा हालसम्म कोभिड-१९ संक्रमितमध्ये ३ लाख ५३ हजार ८२२ जनाले स्वास्थ्य लाभ गरेको मलेसियाको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही समय अघि सक्रिय संक्रमितको सङ्ख्या ५१ जना मात्रै रहेको मलेसियामा हाल १९ हजार ८५४ जनामा सक्रिय संक्रमण रहेको छ ।