नेपालमा एकैदिन एक हजारभन्दा बढीमा कोरोना संक्रमण

everest kitchen

काठमाडौं । पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०८४ पीसीआर परीक्षणमा १०१५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १०९६ जना संत्रमित भेटिएका हुन् ।

संक्रमितमध्ये काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना गरी उपत्यकामा ४३५ संक्रमित भेटिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्‍यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो एक सातामा १९५४२ परीक्षण भएकोमा ३१०९ संक्रमित फेला परेका छन्। यस्तै यो साता ८५३ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा २६२ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ६२९० जना कोरोना भाइरसको सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ५७६ जना संस्थागत आइसोलेसनमा छन् ।