सरकारद्धारा संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस

everest kitchen

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो ।

फागुन २३ देखि हिउँदे अधिवेशन सुरू भए पनि सरकारले विजनेश नदिएको भन्दै प्रभावकारी ढंगले संसद अगाडि बढ्न नसकेको गुनासो थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। तर सर्वोच्चले फागुन ११ गते प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएको थियो। प्रतिनिधि सभा बैठक मंगलबार बोलाइएको थियो।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।