नेपाल समुहका नेताहरू कारबाही हुन्छ : प्रधानमन्त्री ओली

everest kitchen

 

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल- झलनाथ खनाल समूहलाई कारबाही गर्ने बताएका छन् ।

पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले माधव नेपाल समुहमा रहेका नेताहरुलाई कारबाही हुने बताएका हुन् ।

कर्णाली प्रदेशमा माधव समूहले गरेको फ्लोर क्रसतर्फ संकेत गर्दै उनले भने, ‘माधव नेपालले अलोकतान्त्रिक, गैरसंसदीय, अराजक हर्कत गरेका छन् । अराजक, अस्थिर, अत्यन्त घातक, कम्युनिस्ट अन्दोलनलाई खाडलमा हाल्ने प्रवृत्तिविरुद्ध पार्टीले कडाभन्दा कडा कारबाही गर्ने उनलेे बताए ।

प्रधानमन्त्री ओली पार्टीमा एक्लौटी रुपमा अगाडि बढेको भन्दै माधव नेपाल समुहले प्रतिरोध गर्दै आएको छ ।