विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने

everest kitchen
photo file

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने भएको छ । यस्तै विवाहसहित ब्रतबन्ध जस्ता चाडपर्वमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने गरी आदेश जारी गरेको हो ।

विवाह र ब्रतबन्धमा पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

मेला, महोत्सव, जात्रा, पर्व र मलामीमा पनि २५ जनाभन्दा बढी सहभागी हुन नपाउने मन्त्री गुरुङले बताए ।