विदेशमा रहेका नेपालीहरुको लागि “रोलिङ नेक्सस”को विदेश एप : गुनासा र रोजगारीको समाधान

everest kitchen

काठमाडौं । ६ महिनाको लामो परिक्षण पछि “नेपालकै पहिलो व्यवसायीक सामाजिक संजाल “रोलिङ्ग नेक्सस” को सुरुवात भएको छ । ९ मार्च २०२१ मा औपचारिक रुपमा काठमाडौँको हिमालयन होटेलमा माननीय श्रम मन्त्रि गौरीशंकर चौधरीले सो एपको उदघाटन गरेका हुन ।

एपले नेपाल भर साखा विस्तार गर्ने क्रममा रहेको छ । जस अनुसार ३१ मार्च २०२१ मा प्रदेश १ विराटनगरमा औपचारिक रुपमा माननीय मुख्यमन्त्रि शेर धन राईले उदघाटन गरेका थिए ।

रोलिङ्ग नेक्सस अन्तर्गत रोलिङ्ग कर्मशील विदेश एप, रोलिङ्ग कर्मशील स्वदेश एप सार्वजनिक गरिएको रोलिङ्ग कर्मशील विदेशका भ्वाइस प्रेसिडेन्ट लोकेन्द्र सिंहले जानकारी दिए । उनका अनुसार रोलिङ्ग नेक्सस अन्तर्गत रहेका यी दुई छुट्टाछुट्टै एपले विदेश तथा विदेशमा आवश्यक समन्वय गर्नेछन् । यी एपले रोजगारीको खोजी, विदेश वसाईको क्रममा परेका समस्याको समाधानको लागि पहल र व्यवसायीक सम्भावना र सम्बन्ध जोड्ने काम गर्नेछन ।

त्यस्तै, व्यावसायिक सामाजिक सञ्जालको प्लाटफर्म प्रयोग गर्न मोबाइलमा एप डाउनलोड गरी त्यसमा लगईन गरि आफ्नो प्रोफाइल बनाउनुपर्ने हुन्छ । रोलिङ नेक्ससले व्यक्ति –व्यक्ति, व्यक्ति–व्यवसाय वा व्यवसाय–व्यवसायको नेटवर्कमार्फत एक आपसको सम्पर्कमा रही जुटेर एक अर्काका लागि नै सम्भावना सृजना गर्न विकसित गरिएको अर्का भ्वाइस प्रेसिडेन्ट सन्दीप चौलागाईंले बताउए ।

उनका अनुसार विदेशमा समस्या परेका नेपालीले आफ्ना गुनासा तथा समस्याहरु राख्न सक्नेछन भने उक्त समस्या तथा गुनासाहरुको सम्बन्धित निकायबाट सम्बोधन गराउन एपले सघाउनेछ ।