उपहार : गङ्गा न्यौपाने दाहाल

everest kitchen

कविता – उपहार

गङ्गा न्यौपाने दाहाल

आँखा
हेर न
ए जिन्दगी
तिमीले कोरेका
जथाभावि शब्दहरूले
मेरो
भाग्य मा
चोटका डोब
छाड्न थालेका छन् ।
किनकी
तिमीले लेखेका
चम्किला अनि राम्रा देखीने
शब्द
मेटाउने प्रयासमा
मेरो कागजरुपी मन
फाट्न थालेको छ ।

तिमीले दिएको यो
बेकार उपहारले
मेरो
आँखाको ज्योति
लग्न थाल्यो ।
निश्पट्ट अँध्यारो
अवस्थामा पनि म त
उसलाई नै सम्हाल्दै छु ।
कसरि मील्काउन सकूँ
यो उपहार ।

तिमीले दिएका यि
सुगन्धित गुलाफले त
मलाई
कति हो कति
कोतारीसके
घाउ मल्हम लगाउँदै गर्दा
फेरी कोतारिन्छु म ।
देख्दा,
यति राम्रो लाग्ने
गुलाबले कोतारेको
कसले
सहजै बिस्वास गर्ला
आँफ्ना नङ्ग्रा हरू
चारैतिर फैलिएको
सायद उ आफैंले पनि
बिर्सीन्छ होला बेलाबेलामा ।

शायद म,
अन्जानमै खुशी हुँदै बसेँ
तिमीले दिएका
हरेक चिजहरु
मैंले पनि
सहस्र स्विकार गरेँ ।
तर वास्तवमा
तिमीले मलाई ।
भ्रममा राखेको रहेछौ
यी चिजले मलाई
हानी गरिरहँदा
न म तिमीलाई
फिर्ता गर्न सक्छु
न मलाई सहज बाँच्न दिन्छ ।

बस् म सँग छन्
तिम्रा अमूल्य उपहार
बस् मसँग छन्
तिम्रा अमूल्य उपहार ।