अन्तरपालिका मकवानपुर जिल्ला स्तरीय फुटबल प्रतियोगिता बैशाख ९ देखि

everest kitchen

सविन कुमार लोप्चन

हेटौंडा । अन्तरपालिका मकवानपुर जिल्ला स्तरीय प्रथम फुटबल प्रतियोगिता २०७८ हुने भएको छ । यही आउने बैशाख ९ देखि १९ सम्म चल्ने उक्त प्रतियोगितामा मकवानपुर भरिका स्थानीयतहहरुको सहभागीता रहनेछ ।

जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा मकवानपुर जिल्ला खेलकुद विकास समितिले व्यवस्थापन गर्दै छ । स्थानीय खेल प्रतिभाको खोजी गर्ने र खेलाडीलाई हौसला प्रदान गर्ने उद्देश्यले खेलकुद प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ ।

प्रतियोगिता हरेक दिन दिनको ४ बजे हेटौंडा स्थित फरेष्ट्रिको खेल मैदानमा सञ्चालन हुनेछ ।