चितवनमा बोलेरो पल्टिदा पैदलयात्री गम्भीर घाइते

everest kitchen

चितवन । चितवन जिल्ला राप्ती नगरपालिका-३ झुरझुरेमा ना ३ च २१८७ नम्बर को बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा परी एक पैदलयात्री महिला गम्भीर घाइते भएकी छन् ।

पुर्व बाट पश्चिम तर्फ आउदै गरेको बोलेरो अनियन्त्रित भइ दुर्घटना हुँदा बाटोमा हिड्दै गरेकी स्थानीय मेनुका ओली गम्भीर घाईते भएकी हुन । घाइते ओलीलाई उपचारको लागि भरतपुर लगिएको बताएको छ ।