सूर्या ल्याबबाट पीसीआर रिपोर्ट लिएर विमानस्थल पुगेका १३६ जनालाई फर्काइयो

everest kitchen
photo file

काठमाडौं। सिनामंगलको सूर्या ल्याबबाट पीसीआर रिपोर्ट लिएर विमानस्थल पुगेका १३६ जनालाई फर्काइएको छ।
विभिन्‍न देशमा जानका लागि सूर्या ल्‍याबबाट पीसीआर रिपोर्ट लिएर पुगेका यात्रुहरुलाई एयरलाइन्सले विमानस्थलबाट फर्काएकाे हाे ।

बुधबार विमानस्थलमा पुगेका उनीहरूलाई सिनामंगलस्थित सूरिया हेल्थ केयरमा नक्कली पिसिआर रिपोर्ट बनाएको आशंकामा फर्काइएको अध्यागमन विभागका निर्देशक झंकनाथ ढकालले बताए। यसरी फर्काइएकामा जजिरा एयरका ३७, एयर अरेबियाका ५४ र सलाम एयरका ४५ जना रहेको ढकालले बताए

विमानस्थल सुरक्षा कार्यालयका अनुसार हिजो सूर्या ल्याबमा छापा मारेर नक्कली पीसीआर रिपोर्ट बनाएको खुलेपछि एयरलाइन्सले त्यो ल्याबमा परीक्षण गराएका यात्रुहरुलाई ओरालेका छन् ।’ उक्त ल्याबमा प्रत्येक्बता ९ हजार असुलेर नक्कली रिपोर्ट बनाउने गरेको पाएको छ।