मलेसियामा निधन भएका चन्द्रबहादुरको परिवारलाई साथीहरुद्वारा करिब १४ लाख सहयोग संकलन (भिडियो )

everest kitchen

मलेसिया । मलेसियामा मृत्यु भएका बाग्लुङका चन्द्र बहादुर बिकको परिवारलाई आर्थिक सहयोग पठाएको छ । मृतक चन्द्र बहादुरसंगै कार्यरत साथीहरुको पहलमा १३ लाख ९४ हजार ९१५ रुपैया सहयोग संकलन गरि रकम प्रदान गरिएको हो ।

जिएमटि ग्रुप अफ काम्पनि नामक सेक्युरिटी कम्पनिमा चन्द्रबहादुर ४ बर्ष देखि कार्यरत थिए । उनलाई हसपिटल भर्ना गर्नु पुर्व स्वस्थ्यमा समस्या देखिए पछि नियमित चेकजाँच र उपचार गर्दा पनि स्वस्थ्यमा सुधार नभएपछि गत मार्च ९ तारीख क्वालालम्पुर हस्पिटलमा थप उपचारको लागि भर्ना गरिएको थियो । टाउकोमा पानी जमेर समस्या भएको रिपोर्ट आए पछि अस्पतालले उनको अप्रेशन गरेको थियो ।

अप्रेसन गरेका चन्द्रबहादुर हस्पिटलले मार्च २९ मा मृत्युको भएको जानकारी दिएपछि हस्पिटलमा लास बुझ्न मलेसियामा नै कार्यरत चन्द्र बहादुरको दाजु र कम्पनीका लिडर टीका बहादुर तिवारी पुगेका थिए । सम्पुर्ण प्रकृया पूरा गरि ४ अप्रिल चन्द्र बहादुरको लास नेपाल पठाएको थियो ।

घरको मुख्य ब्यक्तिको नै मृत्यु भएपछि बिचल्ली बनेको परिवारलाई चन्द्र बहादुरसंगै कार्यरत साथीहरू र कम्पनिले १३ लाख ९४ हजार ९ सय १५ रुपैयाँ आर्थिक सहयो गरेको हो । उक्त रकम मृतक चन्द्र बहादुरकी श्रीमति उजेली बिकको प्रभु बैंकको खातामा जम्मा गरिदिएको उजेली बिकले हिमाल टाइम्सलाई बताएकी छन् ।

साथै उक्त कम्पनीका नेपाली लिडर टिका बहादुर तिवारीले सहयोग रकम संकलनको सम्पुर्ण विवरण बारे हिमाल टाईम्सलाई जानकारी दिदै सहयोगी कार्यमा जुट्ने सबै नेपालीहरुलाई धन्यवाद दिए । यो कार्यले सहयोग गर्दा हरेकले सहयोग गर्नु पर्छ भन्ने संदेश दिएको समेत उनलेे बताए ।

भिडियो