देशभर थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि

everest kitchen

काठमाडौँ। बिहीबार देशभर थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ । देशभर ८१ जना क्वारेन्टाइनमा छन् भने १२ हजार ६ सय ९० जना संक्रिय कोरोना संक्रमित रहेका छन् ।

यससँगै हाल देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ९२ हजार १ सय ५२ पुगेको छ । बिहीबार मात्रै २५२ जना डिस्चार्ज भएका छन्।

साथै, काठमाडौँ उपत्यकामा १ हजार १ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९८७ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा १०६ जना कोरोना संक्रमित भेटिएका छन् ।