लाप्राकमा एनआरएनद्धारा निर्मित ५७३ आवास हस्तान्तरण

everest kitchen

विपेन उलङगे

काठमाडौं । २०७२ को भूकम्पको केन्द्रविन्दु रहेको बारपाक नजिकैको लाप्राकका बासिन्दाका लागि गैरआवासीय नेपाली संघ (एनआरएन)ले निर्माण गरेका ५७३ वटा आवास हस्तान्तरण गरिएको छ । बिहिबार लाप्राक गुम्सीपाखामा एक कार्यक्रमको आयोजना गरि वस्ति हस्तान्तरण गरिएको हो ।

धार्चे गाउंपालिका वडा नम्बर ४ मा बिहीबार गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक समारोह वीच लाप्राक नमूना बस्तीका घरहरु लालपूर्जा सहित धार्चे गाउंपलिकाका लाभग्राहिहरुलाई एक समाहरो बीच हस्तान्तरण गरेका हुन ।

सो अवसरमा बस्ती निर्माणमा सहयोग गर्ने दाताहरुको नाम उल्लेख भएको शिलापत्रको समेत अनावरण गरिएको थियो  ।

२०७३ साल बैशाख १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नेपाल सरकार सहरी विकास मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र गैरआवासीय नेपाली संघ वीच त्रिपक्षिय सम्झौता सम्पन्न भई नमूना बस्तीको निर्माण कार्य सुरु भएको हो ।

संघका अध्यक्ष कुमार पन्तले संघको अथक प्रयास र परिश्रमबाट यो बस्ति निर्माण भई आज हस्तान्तरण गर्न पाउंदा अत्यन्त खुशी लागेको बताए । उनले बस्ती निर्माणमा सहयोग गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शहरी बिकास मन्त्रालय, गैरआवासीय नेपालीहरु, केयर नेपाल, नेपाली सेना, स्थानीय लाभग्राहीहरु र गाउंपालिका तथा बडा कार्यालय लगायत अन्य संघसंस्थाहरुलाई धन्यवाद व्यक्त गरे । साथै अध्यक्ष पन्तले प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घले, संरक्षक तथा निवर्तमान अध्यक्ष भवन भट्ट र सल्लाहकार जमुना गुरुङ साथै परियोजना सह संयोजक श्याम तामाङ्गलाई पनि बिषेश धन्यवाद दिए ।

संघका उपाध्यक्ष तथा परियोजना संयोजक सोनाम लामाका अनुसार झण्डै ५७ करोड ६६ लाख ४ हजार ८३६ रुपैयाँको लागतमा बस्ती निर्माण भएको हो ।

फोटो : एनआरएन एसिया प्रशान्त क्षेत्रीय उप-संयोजक खगेन्द्र न्यौपानेको फेसबुकबाट